भारतीय दलाल र एजेण्टलाई बाकि राख्दैनौ : प्रकाण्ड

२०७२ मंसिर ८ गते, मंगलवार

काठमाडौं , ८ मंसिर । नेकपा माओवादीले भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शनको नेतृत्व सो पार्टीका प्रवक्ता प्रकाण्डले गरेका थिए । शक्ति प्रदर्शन जमल, कमलादी, पुतलीसडक, न्यूरोड हुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो । शक्ति प्रदर्शनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले भारतीय दलाल र एजेण्टलाई कारबाही गरेरै छोड्ने ठोकुवा गरे । उनले भोलि बुधबारबाट भारतीय गाडीहरु नेपाल प्रवेश गर्न नदिने भन्दै भारतीय गाडी जहा भेट्यो त्यही जलाउन कार्यकतालाई निर्देशन समेत दिएका छन । प्रवक्ता प्रकाण्डले राष्ट्रिय प्रतिरोधको आन्दोलन स्वरुप त्यस्तो कारवाही गर्न लागिएको बताएका हुन् । उनले अब भारतीय दलाल र एजेण्टहरु विरुद्ध शसक्त कार्बाही गर्न कुनै कसर बाकी नराख्ने बताएका छन ।
सभालाइ सम्बोधन गर्दै पोलिटब्युरो सदस्य सन्तोष बुढा मगरले १ सय ५१ सदस्यीय जन परिषद् गठन गरेको जानकारी दिदै सन्तोष बुढा मगर जन सरकार प्रमुख र पदम राई उपप्रमुख रहेको बताएका थिए । सभामा जन सरकार प्रमुख बुढाले भारतकाे नाकाबन्दकाे अगाडि नझुकेर प्रतिराेधकाे तयारीमा लाग्न जनसमुदायलाई अपिल समेत गरे । उनले जनपरिषद्ले जनजिवीका साथै राष्ट्रियतासँग सम्बन्धित मुद्धामा संघर्ष गर्ने बताउदै मंसिर ४-५ गते सम्पन्न परिषद्काे पहिलाे भेलाले पारित गरेका दश बुँदे कार्यक्रम अन्तरगत आगामी १३ गते नेपाल बन्दकाे अायाेजना गरिएकाे बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु