भारतीय क्लिनिकमा नेपाली ठगिए

२०७४ माघ २३ गते, मंगलवार

काठमाडौं, २३ माघ । भारतको सीमावर्ती बजार पानीट्यांकीमा खुलेका क्लिनिकले नेपाली बिरामीलाई सस्तो उपचारका नाममा ठगी गर्ने क्रम बढेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा खुलेका दर्जनौं क्लिनिकले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठगी गर्ने गरेका हुन् ।
यी क्लिनिकहरुले पाइल्स, फिस्टुला, हाइड्रोसिललगायत दर्जनौं रोगको सहज र सरल तरीकाले उपचार गराउने भन्दै नेपालीलाई ठग्ने गरेका हुन् । स्थानीय सञ्चारमाध्यममा विज्ञापन दिएर उनीहरुले नेपाली बिरामीलाई आकर्षित गर्ने गरेका छन् । तर क्लिनिकहरुले गलत उपचार गरी झन् रोगी बनाउने गरेको पीडितहरुले गुनासो गरेका छन् ।
पाइल्सको उपचार गराउन पानीट्यांकी पुगेका झापा बाह्रदशी गाउँपालिका–२ का कालीबहादुर भण्डारीले आफूलाई निको पार्ने निहुँमा गलत उपचार गर्दै झनै रोगी बनाइ दिएको बताए । उनले त्यस्ता क्लिनिकसम्म पु¥याउन नेपालकै एजेन्टहरु प्रयोग हुने गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु