भारतीय कम्पनीलाई फास्ट ट्र्याकको जिम्मा दिन माओवादी केन्द्र तयार

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौं, ८ भदौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र ‘काठमाडौं तराई द्रुत मार्ग’ (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् ।
सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस्तो सन्देश पठाएको ती नेताको दाबी छ ।
सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै बेहोर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई सुम्पने निर्णय सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले गरेको थियो । मंगलबार स्वदेश फर्किएका उपप्रधानमन्त्री निधिले पनि विभिन्न परियोजनाबारे भारतीय अधिकारीहरुसँग छलफल भएको विमानस्थलमा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध सुधार्न भन्दै निधिलाई विशेष दूतका रूपमा भारत पठाएका थिए । –कारोबार दैनिकबाट

प्रतिक्रियाहरु