‘प्रचण्डको राजीनामा भारतीय ईशारामा ‘

२०७४ जेष्ठ ११ गते, बिहीबार

काठमाडौ, ११ जेठ । भारतबाट प्रकाशित हुने द हिन्दुस्तान टाईम्सले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा भारतीय ईशारामा भएको उल्लेख गरेको छ । प्रचण्ड भारततिर ढल्किएको र शक्तिको साझेदारीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित मिलेको उल्लेख गरेको छ । सो पत्रिकाले मधेशीहरुले माग राखेअनुसार संविधान संशोधन गरेर अर्को चरणको निर्वाचन गर्ने सहमतिमा सरकारको नेतृत्व गरे पनि संविधान संशोधन गरेर मधेशीका माग सम्बोधन नगरी नेतृत्व छोडेकाले प्रचण्ड सफल नभएको पनि उल्लेख गरेको छ । शक्ति बाँडफाँडको आर्किटेक्ट भारत भएको र त्यहि अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मिलाएको द हिन्दुस्तान टाईम्सकालागि प्रशान्त झाले लेखेको समाचारमा उल्लेख गरिएको छ । द हिन्दुस्तान टाईम्सले प्रकाशित गरेको समाचारमा चिनले अघिल्लो सरकार भएका बेला केपी ओलीसितै रहेर ‘वामपन्थी एकताको’ सरकार बनाओस् भन्ने चाहेको तर भारतले भने ओलीलाई हटाउन चाहेको पनि उल्लेख छ । भारतले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशीहरु सम्मिलित सरकार चाहेको थियो । भारत ओलीलाई हटाउन चाहन्थ्यो । ओलीले भारतिय बिरोधी राष्ट्रवादलाई उरालेकोपनि पत्रिकामा उल्लेख छ । ओलीले अलगाववादी संविधान बनाउन खोजेको आरोप पनि लगाएको छ । कस्तो अलगाववादी संविधान हो भन्ने स्पष्ठ नलेखे पनि उसले मधेशमा अलग राज्यसरह माग गर्दै आएका मधेशी दलहरुको मागलाई संवोधन नगरि पेलेर संविधान बनाउन खोजेको भन्ने संकेत दिन खोजेको हुन सक्छ ।
प्रचण्ड भारततिर ढल्किएको र शक्तिको साझेदारीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित मिलेको पनि द हिन्दुस्तान टाईम्सले आरोप लगाएको छ । शक्तिमा साझेदारी गर्ने त्यो सहमति कस्तो थियो त ? मधेशी दलहरुले उठाएका मागहरुलाई संवोधन हुनेगरि संविधान संशोधन गर्ने । मधेशीहरुले माग राखे अनुसार संविधान संसोधन गरेर अर्को चरणको निर्वाचन गर्ने सहमतिमा सरकारको नेत्रित्व गरे पनि संविधान संसोधन गरेर मधेशीका माग संवोधन नगरि नेत्रित्व छोडेकाले प्रचण्ड सफल नभएकोपनि द हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु