भारतीय अतिक्रमण हुनुमा प्रतिक्रियावादी सत्ता र सरकार १ नम्बरको दोषी — विनोद दाहाल

२०७६ मंसिर १ गते, आईतवार

यो सरकार र पद्यमा अर्यालले लिम्पियाधुरा छुटाएर नक्सा सार्वजनिक गरेका छन् र के दावी गरेका छन् भने क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. छ भन्ने गल्ती गरेका छन् । त्यो छुटाउँद कसरी उत्तिनै क्षेत्रफल हुन्छ ? पछिल्लो चरणको गल्ती यहीँबाट भएको छ । यसअघि हामीले बारम्बार व्यापारिक, सामरिक, पर्यटकीय तथा प्राकृतिक श्रोतसाधनले महत्व बोकेको क्षेत्रलाई भारतले यसरी दादागिरि गर्दा किन आवाज उठाउँदैनन् सबै बनेका सरकारहरु भनिराखेका थियौं । चुनावको बेलामा व्यास क्षेत्रका कुटी, याँदी, गुञ्जी आदि गाउँका बासिन्दालाई किन समेटेर भोटर लिस्टमा नराखेको भनेर कटाक्षे गरिराखेका थियौं । यो मुद्दामा विप्लव नेतृत्वको पार्टी र किरण नेतृत्वका पार्टीहरुले उठाएका जायज बिषयलाई किन सुनुवाई नगरेको भन्ने प्रश्न बारम्बार राखी नै राख्यौँ । यो बिषयलाई त्यही बेलादेखि सरकारको तर्फबाट उठाइराखेको भए आजको जस्तोगरी भारतले आफ्नो नक्सामा पार्ने हिम्मत गर्ने नै थिएन । अहिले यो अवस्था आउनुमा प्रतिक्रियावादी सत्ता र सरकार १ नम्बरको दोषी छ भनेर किन नभन्ने ?
खासमा नेपालको सुगौली सन्धि भएपछिको नक्सा बनेपछि भारतसँग नेपालको युद्ध भएकै छैन । नेपालबाट पाउने गरी कुनै युद्ध वा काम गरेकै छैन । कसरी उसको भयो ? जवाफ चाहियो ?

घटनाक्रमले के देखाएको छ भने नेपालमा भएका शान्तिसेनाको नाममा भाडामा लाग्ने सेना, ठेक्कापट्टामा लाग्ने सेना र विकासमा लाग्ने सेनाको काम छैन । सेना त सीमा सुरक्षाको लागि लगाउनु पर्छ, एक इन्च जग्गा पनि अर्कोलाई बुट बजार्न दिनु हुँदैन । यो नीतिमा कसैले केही बोल्ने वा तर्क गर्ने ठाउँ पाउने छैनन् । हाम्रो लागि सीमा रक्षक सेना नहुनु नैं बिडम्बनापूण स्थिति भएको छ । नेपाल आफैँले संघीयता जोडेर पछिल्लो पटक प्रकाशित गर्ने भनेर सार्बजनिक गरिएको वा बनाएको नक्साको ताल यस्तो भएपछि बिदेशी शक्तिले क–कसलाई पालेका होलान् भनेर घोत्लिँदा कहालीलाग्दो स्थिति नै देखिने भयो । जब कि सुगौली सन्धिको नक्सा लिम्पियाधुरा र काली नदी छेउछाउका ६ गाउँको नामसहितको थियो । त्रिदेशीय बिन्दु पनि काली नदीको शीर लिम्पियाधुरामा रहेको स्पष्ट छ । यत्तिको प्रमाण हुँदाहुँदै पनि नेपालको नक्सामा उक्त क्षेत्र राखेर बनाउने हिम्मत नहुनुमा कि त कायरता झल्केको देखिन्छ कि त नुनको सोझो गरेको स्पष्ट छ । राष्ट्रियताको सवालमा यस्तो गम्भीर गल्ती गर्ने लाछीहरुलाई राज्यका जुनसुकै पद र हैसियतमा रहने अधिकार छैन वा हुनुहुन्न ।
जनगणतन्त्रको खोजीमा लाग्दाको भयङ्कर दोषमा जीवनले भोगेको पीडा निरन्तर क्रान्तिको सिद्धान्त, सहिद तथा वेपत्ता योद्धाको अवस्था र अरु पनि आपूmजस्त हेरेर चित्त बिझाउन र सहन सकियो । यो मैले भोट नहालेको राज्यव्यवस्था र वर्तमान सरकार फेरि पनि जनविरोधी, राष्ट्रघाती र दलाल हुन् भन्ने लाग्छ । नेपालको नक्सामा लिम्पियाधुरासम्मको भाग किन छुटाएका छौ भनेर सोध्न मन लाग्छ बारम्बार र त सामाजिक सञ्जालमा राखेर सार्वजनिक गर्ने गर्दछौं । यिनै दलाल शासकका कारणले दुष्टले यस्तो चाल चलिसके । अव त धेरै ढिला भैसक्यो । विदेशी शक्तिको भरणपोषणमा रहेका शासक भएकाले हाम्रो देश कमजोर हुँदै गएको छ । विशेषगरी भारतीय विस्तारवादसँग विश्वमन्चमा एउटै भाषा र बोली लाने कुरा आएको वेला आवश्यक प्रतिरोध नपुगेर सेना र विदेशी सम्बन्ध आपूmलाई चाहिएको कुरा राख्न सके । हेपाइको डिग्री चढ्दै चीनसँग सीमाव्यापार नाका खोल्नेभन्दै नेपाली भूमिबाट लाने नियत राख्यो । चीनले पनि त्यतिबेला ठूलो बेइमानी ग¥यो, अझै गर्दैछ (त्रिदेशीय बिन्दु भनिराखेको छैन) । अहिले त लिपुलेक, कालापानी सबै भारतको भन्दै नयाँ नक्सा सार्वजनिक गरेर लिम्पियाधुरासम्मको सबै भूभाग हडप्न पुग्यो । अब नेपाल र भरतबीचको सम्बन्धको बारेमा नयाँ धारणासहित फिर्ता ल्याउने र छिमेकी शत्रुको संज्ञा दिएर सतर्क हुने नीति राख्दा नै बेश हुने देखियो । यसको लागि यी दलाल शासकहरुलाई चापरीमुनि पु¥याउने नीतिलाई व्यवहारमा लानु नै ठिक हुने देखियो ।
दलाल शासकहरु— मुर्दावाद !, भारतीय विस्तारवाद— मुर्दावाद !, स्वाधीन जनगणतन्त्र नेपाल— जिन्दावाद !, सुगौलि सन्धिमा उल्लेखित लिम्पियाधुरादेखिको कुटियाँदी नदी उत्तरका गाउँहरुबाट भारतीय अतिक्रमित फौज हटाएर खाली गर !, कालापानीबाट विस्तारवादी सेना फिर्ता गर !, लिपुलेक हाम्रो हो, गिद्देनजर बन्द गर !, राष्ट्रियता र देशभक्तिको भावना भएका नागरिकहरु यसरी सडकमा उत्रिएर नारा लगाइरहेका छन् । हाम्रो यसैमा समर्थन रहेको छ र ऐक्यबद्धता छ । अहिले हाम्रो देशमा राष्ट्रियता वा देशभक्तिको भावना रहेको मानिस को छन् ? यसबारेमा गम्भीर भएर ध्यान दिनु जरुरी छ ।
विप्लवसँग रहेका नेता कार्यकर्ताहरु र किरणसँग रहेका माओवादीहरु अनि केही स्वतन्त्र वामव्यक्तित्वबाहेक कोहीमा राष्ट्रियता वा देशभक्तिको भावना रहेको हामी देख्दैनौं । भारतको नियत भने देश गाभ्नेछ, त्यसअघि नियन्त्रणमा राखिराख्नेछ । सिक्किम काश्मीरपछि अब नेपालको आएको उसको योजनामा छ । तथ्यहरुले त्यही नै देखाएको छ । यो वास्तविकता नबुझी वा नभएको जस्तो स्वाङ गर्नेहरु कि त नबुझेका हुन्छन् कि त बिकेका हुन्छन् । अझभन्दा यहाँ हामीसँग सत्ता बाहिर हुँदा असमान सन्धिहरु खारेजीलगायतका माग राखेर कार्यकारी प्रमुख हुँदा केही नगर्नेहरु बेइमान हुन् । यो भन्न नसक्नेहरु फेरि पनि तिनैलाई भोट हाल्छन् भने ती त बेबकुफ नै हुन् ।
सामन्त र किसानले जसको घरमा पहिला अनिकाल पर्छ ऊ अर्काको घरमा कमारो बस्ने सम्झौता गरेजस्तो जुवामा च्याँखे थपें भन्दै बिपा गर्दा बिरोध नगर्नेहरु कोही राष्ट्रियता वा देशभक्तिको भावना रहेको मानिस हुन् सक्दैन । हामीले यो बारम्बार भन्दै आएको सवाल हो । अनि नेपालमा बिदेशी सेना बस्न दिने राजा र तिनका रैती राष्ट्रियता वा देशभक्तिको भावना रहेका मानिस हुन कसरी भन्ने ? भारत र चीनले नेपालको नाकाबाट सीमा व्यापार नाका खोल्नेभन्दा नबोल्ने सबै संसदवादीहरू कसरी राष्ट्रियता वा देशभक्तिको भावना रहेको मानिस हुन्छन् ? अझभन्दा दमनमा उत्रिएका वा प्रतिबन्ध नै लगाउने शासकहरुलाई के नाम दिने ? हामीले यिनीहरुलाई फासीवादी दलाल भनेका छौँ । यही दर्जा नै उनीहरुलाई सम्बोधन गर्ने उपयुक्त शब्दावली हो भन्ने हामीलाई लागिरहेको छ । यस्ता शासकहरु उपल्लो ओहोदामा पु¥याइएको उनीहरुका बिदेशी मालिकले नै हो जनताले होइन भन्ने हामीलाई लागिरहेको छ ।
पुष्पकमल नाकाबन्दीपछि भारत गएर अन्तर्राष्ट्रिय मन्चमा एउटै भाषा बोल्ने भारतसँग गरेको सम्झौता गर्दा बोल्न नसक्ने मुर्दाहरुमा राष्ट्रियता वा देशभक्तिको भावना हुन्छ ? कदापि हुन सक्दैन । सुष्मा स्वराज आएर विदेश मामिला र सेनाको जिम्मेवारी माग्दा जवाफ दिन नसक्ने भएका कुराहरु सार्वजनिक भएका थिए, त्यसको जवाफ ती सम्बन्धित व्यक्तिहरु कसैबाट पनि आएन । उतैको जुठो पुरोमा बिकेकाहरुले जवाफ दिनु पर्ने ठानेनन् । यसमा राष्ट्रियता वा देशभक्तिको भावना रहेछ कसरी भन्न सकिन्छ ?
पत्रकारहरु बिकेके छैनन् ? प्रायः ठूला भनिएकाहरु दूतावासमा रक्सी चट्नीको नुनमा बिकेर खबर बनाएको हामीले नैं देखे भोगेका छैनौं र ? मानववादी भनिएकाहरु प्रायः नै बिकेर रिपोर्ट तयार गर्दिराछन् । एनजिओमार्फत् किनिएका नेता तथा कार्यकर्ताहरुको लाखौंको संख्या देखिएकै छ । पुलिस, सेना, कर्मचारी सबैलाई गुजारामुखी मात्र हुने गरी तलब भत्ताको व्यवस्था छ । उनीहरु जीवन धान्न पुग्दो दे भन्दै सरकारसँग माग गर्छन् तर व्यवहारमा खरदारभन्दा माथिका प्रायले नै शहर वा राजधानीमै घर बनाएका मात्र होइनन् छोराछोरीलाई लाख–करोड खर्च गरेर पढाका छन् । लिएका साम्राज्यवादी र विस्तारवादीको सेवाबापत त हो, नबुझ्ने को होलान् ? बिक्न कुन क्षेत्रका को बाँकी छन् र ?
अहिले सडकमा निस्किएका मानिस धन्यवादका पत्र छन् तर तिनै दलालको आदेशमा नफर्किउन्, यही कामना छ । नेपाली जनतामा देशभक्तिको भावना देखिन्छ तर बिडम्बना विश्वासिलो नेतृत्व सधैँ प्रतिबन्धित र कमजोर अवस्थामा रहेको बुझाइ हुन्छ । दलाल राज्यव्यवस्थाको उपज । बिगतदेखि बर्तमानसम्म शासकहरुको उदासीनताका कारण मिचिने क्रम जारी छ । दलालहरु निमिट्यान्न नपारुञ्जेल यो स्थिति कायम रहनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु