भारतसगको ऊर्जा सम्झौतामा सहमत छैनौ : माओवादी

२०७१ श्रावण १३ गते, मंगलवार


काठमाडौँ । नेकपा–माओवादीले भारतसँगको उर्जाव्यापार सम्झौताबारे केहि भ्रमणपूर्ण खबरहरु सार्वजनिक भएको भन्दै त्यसको खण्डन गरेको छ ।केही सञ्चारमाध्यमहरुले भारतसित ऊर्जा व्यापार सम्झौता गर्न नेकपा–माओवादी ‘सहमत’ र ‘सकारात्मक’ रहेको भनी समाचार सम्प्रेषण गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको माओवादीले विज्ञप्तीमार्फत जनाएको छ ।उसले पार्टीले राष्ट्रिय स्वाधीनताको निम्ति निरन्तर सङ्घर्ष गरिरहेको अवस्थामा भारतसँग भएको असमान सन्धि–सम्झौताप्रति “सहमति”को कुरा गर्नु पार्टीको मूल्य–मान्यता र कल्पना भन्दा बाहिरको कुरा भएको दाबी गरेको छ ।
हालै भारत सरकारद्वारा प्रस्तावित गरिएको भनिएको “विद्युत क्षेत्रमा व्यापार र सहयोग सम्बन्धी सम्झौता” र नेपालको ऊर्जा मन्त्रालयद्वारा तयार गरी प्रस्तावित गरिएको भनिएको “ऊर्जा व्यापार र सीमापार प्रसारण लाइन जडान सम्बन्धी सम्झौता” दुवै प्रस्तावहरु नेपालको राष्ट्रिय हित प्रतिकूल रहेको र नेपालको जलस्रोतमाथि भारतीय एकाधिकार कायम गर्ने प्रकृतिको भएकोले ती दुबै प्रस्तावमा पार्टी सहमत नरहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु