भारतसँग विद्युत व्यापार सम्झौता नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७१ भाद्र ६ गते, शुक्रबार


काठमाडौ । नेकपा – माओबादी सहितका १० पार्टीले तत्काल भारतसँग विद्युत व्यापार सम्झौता नगर्न प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा बालुवाटार पुगेर बिहीबार उनीहरुले त्यस्तो माग गरेका हुन् ।
प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै ती दलले भारतसँग पिटीए र पिडीए वा अन्य कुनै पनि सनिध सम्झौता गर्नुअघि सर्वपक्षीय राजनीतिक समझदारी कायम गर्नुपर्नेमा जोड दिएका छन् ।ती दलले माथिल्लो कर्णाली परियोजना नेपालको हित हुनुपर्ने र नेपालको जलश्रोतमा भारतीय एकाधिकार तोडिनुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नेकपा–माओवादी, नेकपा माले, जनमोर्चा नेपाल, नेकपा एकीकृत, नेकपा मसाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीलगायत छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु