भारतसँग युद्धका लागि तयार छौं : इमरान

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौं , ३० साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे ।
प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै तपाईको इँटको जवाफ पत्थरले दिन्छौं भने । मोदीले संविधानको धारा ३ सय ७० खारेज गरेर आफ्नो अन्तिम कार्ड खेलेको उनको भनाइ छ । प्रधानमन्त्री खानले भारतले अन्तिम उपाय प्रयोग गरेकाले कश्मीर अब स्वतन्त्रताको दिशााम जाने दाबी गरे । उनले आफ्नो भाषणमा कयौं पटक राष्ट्रिय स्वयंसेवक संघको नाम उच्चारण गर्र्दै भारतमा आज जे भइरहेको छ त्यो आरएसएसको विचारधाराको कारण भइरहेको जिकिर गरे । आरएसएसको विचारधारा हिटलरको नाजी पार्टीको समान रहेको प्रधानमन्त्री खानको आरोप थियो । -एजेन्सी

प्रतिक्रियाहरु