‘भारतले अन्तर्राष्ट्रियरुपमा माफी माग्नुपर्छ’

२०७५ जेष्ठ १ गते, मंगलवार

काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भारतले अन्तर्राष्ट्रिय रुपमा माफी माग्नु पर्ने बताएको छ । भारतीय जनता पार्टीका वहालवाला सांसद कीर्ति आजादले नेपालको ऐतिहासिक सांस्कृतिक एवं धार्मिक भूमि जनकपुरलाई भारतमा गाम्भ माग गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै सो पार्टीका महासविच विप्लवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । महासविच विप्लवले भारतीय सत्ताधारी सांसदले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई चुनौति दिएको भन्दै उक्त अभिव्यक्ति आजादको मात्र नभई भारतीय साम्राज्यवादी शासकहरुको भित्री कुत्सित मनसाय भएको बताएका छन् । साथै केपी ओली सरकारले मोदीका सामु उनकै पार्टीका सांसदको अभिव्यक्ति सच्याउन नलगाउनुले यो सरकार लम्पसारवादी मात्र नभएर घोर राष्ट्रघाती भएको पुष्टि भएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । साथै महासचिव विप्लवले तुरुन्त भाजपाका सांसदलाई अभिव्यक्ति सच्याउन र त्यहाको सरकारलाई अन्तर्राष्ट्रियस्तरमा रूपमा माफी माग्न जाेडदार माग रेका छन।
यस बिषयमा नेपाल कम्यूनिस्ट पार्टीका महासचिव विप्लवद्वारा जारी प्रेश विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ –

प्रतिक्रियाहरु