भारतलाई प्रतिबन्ध लगाउने पाकिस्तानकाे तयारी

२०७६ भाद्र ११ गते, बुधबार

काठमाडौं ,११ भदौ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले हवाइ उडानका लागि प्रयोग गर्दै आएको पाकिस्तानी भुमिमा भारतको हवाइ मार्ग बन्द गर्ने तयारी गरेका छन् । पाकिस्तानले भारतसँगको आफ्नो हवाई मार्ग पूर्ण रूपमा बन्द गर्ने तयारी थालेको पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले जनाएका हुन् । अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानको भूमि प्रयोग गर्दै आएको छ । पाकिस्तानले सोही भुमि बन्द गर्ने भएको मन्त्री चौधरीले जनाएका छन् । त्यसका लागि कानुनी औपचारिकताहरू पूरा गर्ने काम भइरहेको र त्यो छिट्टै कार्यान्वयनमा आउने उनको भनाइ थियो।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रका नाममा सम्बोधन गर्दै कश्मीरको विषयमा पाकिस्तान चुप नबस्ने बताएका थिए। प्रधानमन्त्री खानको सम्बोनपछि मन्त्री चौधरीले जनाएको सो कुराप्रति भारतमा पाकिस्तानी उच्चायुक्तका रूपमा काम गरिसकेका अब्दुल बासितले भने असन्तुष्टि पोखेका छन् । उनले पाकिस्तानले यो निर्णय पूर्णरुपमा नभइ सार्वजनिक गरेको प्रति उनको असन्तुष्टि थियो । उनले मन्त्री चौधरीले सो कुरा सार्वजनिक गरेपछि ट्विट गर्दै भनेका छन्, ‘यी कुरालाई निर्णय हुनुभन्दा अगावै तपाईँले किन सार्वजनिक गर्नुभएको छ ? यो अपरिपक्व राजनीति र लापरवाह कूटनीतिको पहिचान हो।’
यसअघि भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्रको प्रयोग गर्नबाट भारतलाई प्रतिबन्ध लगाएको थियो। साेपछि अन्यत्रबाट उडान गर्नुपर्दा भारतीय विमान सेवाहरूले करोडौँ डलर घाटा बेहोरेका थिए। गत जुलाईमा पाकिस्तानले गैरसैनिक उडानका लागि आफ्नो आकाशमाथिको हवाई मार्ग झण्डै पाँच महिनाको प्रतिबन्धपछि खुला गरेको थियो। -एजेन्सी ।

प्रतिक्रियाहरु