भारतलाई चीनको चेतावनी

२०७४ श्रावण २६ गते, बिहीबार

काठमाडौ, २६ साउन । करिब दुई महिनादेखि भुटान र चीनको सीमा क्षेत्र डोकलाममा भारत र चीनबीच तनाव जारी छ। दुवै देशको तर्फबाट तनाव अन्त्य गर्ने कुनै पहल भएको छैन भने गतिरोध अन्त्यको संकेत पनि देखिँदैछ । यसैबीच चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले चिनिया रक्षामन्त्रालयलाई उधृत गर्दै बुधबार समाचार एजेन्सी रोयटर्सको एक रिपोर्टको खण्डन गरेको छ जसमा दुवै देशबीच भएको गोप्य कुराकानी असफल भएको उल्लेख थियो ।
रोयटर्सले चीनले भारतसँग बिना सर्त डोकलामबाट सैनिक फिर्ता गर्न भनेको उल्लेख थियो । ग्लोबल टाइम्सले यसलाई पूर्णरुपमा फर्जी समाचार भनेको छ। उसले भनेको छ–यो त्यस्तो अफवाह हो जसको कुनै जमिन छैन । ग्लोबल टाइम्सले यसलाई पूर्णरुपमा अतार्किक भएको बताएको छ। पत्रिकाले चिनियाँ रक्षा मन्त्रालयको अधिकारीलाई उधृत गर्दै यो समाचार प्रकाशन गरेको हो ।
ग्लोबल टाइम्सले यस्तो प्रचार भारतीय पक्षले गराएको हुन सक्ने सम्भावना व्यक्त गरेको छ। भारतले कुटनीतिक सम्वाद जारी राख्न चाहेकाले यस्तो प्रचार गरेको ग्लोबल टाइम्सको दावी छ। आफूलाई फाइदा लिन यसप्रकारको प्रचार गरेर आफ्नो छवि बनाउन चाहेको आरोपसमेत ग्लोबल टाइम्सको छ।
पत्रिकाले सिधै भनेको छ कि अहिलेको मितिमा भारत चीनको रणनीतिक प्रतिद्वन्द्वी बन्न योग्य नै छैन ।

गतिरोध कसरी अन्त्य होला ?
यसका साथै ९ अगस्तमा चिनिया विदेश मन्त्रालयले संचार माध्यमहरुलाई ५३ जना भारतीय सैनिक र एउटा बुल्डोजर अहिले पनि अवैध रुपमा चिनियाँ क्षेत्रमा रहेको जानकारी गराएको थियो । यसैबीच दलाई लामाले बुधबार भारत र चीनबीचको गतिरोध वार्ताको माध्यमबाट मात्र अन्त्य गर्न सकिने बताएका छन्।
चीनको सरकारी समाचार एजेन्सी शिन्हुवाले डोकलाम क्षेत्रमा जारी गतिरोधका लागि भारतलाई चेतावनी दिएको छ। शिन्हुवाले लेखेको छ–भारतले समस्यालाई ठट्टामा नलेओस् । शिन्हुवाले अगाडि लेखेको छ–भारतले चीनलाई न त कमजोर आँकलन गर्नेछ त न आफ्नो संप्रभुता र राष्ट्रिय हितमा सक्षम नभएको छैन भन्ने सोच्नेछ ।
संयमताको सीमा हुन्छ
शिन्हुवाले अगाडि लेखेको छ–यदि चीन र भूटानबीच सीमा क्षेत्रका विषयमा कुनै विवाद भए त्यो चीन र भूटानबीचको मुद्दा हो । यसमा भारतको कुनै स्थान छैन । यदि भारत यो सोचिरहेको छ कि चीन एउटा आक्रमणकारी बलसँग कुरा गर्नेछ, यो उसको भ्रम हो । अहिलेसम्म यो विषयमा चिनियाँ बलले पर्याप्त संयमताको परिचय दिएको छ। तर, संयमताको पनि एउटा सीमा हुन्छ । हरेक दिन संयमताको सीमा घट्दो छ।
शिन्हुवाले लेखेको छ–चीनलाई भारत कमजोर नठानोस् । अन्ततः चीन आफ्नो सुरक्षा र हितका लागि सबै कुरा गर्नेछ । भारत सबै प्रकारको भ्रमबाट बाहिर निस्किए हुन्छ । भारत यसो गरेर मात्रै विनाशकारी परिणामबाट बच्न सक्दछ ।
बेइजिङ चाइना डेलीले दुई देशबीच जारी गतिरोधका बारेमा लेखेको छ–सीमा क्षेत्रमा तनाव सातौ हप्तामा पुगेको छ। अब शान्तिपूर्ण समाधानको ढोका हुन्छ । दुवै देशबीच सैन्य टकरावको उल्टो गन्ती सुरु भएको छ। दुवै पक्षका लागि युद्ध कुनै विकल्प होइन । यहाँसम्म कि यति ढिला भइसके पनि युद्धबाट बच्न सकिन्छ । चाइना डेलीले लेखेको छ–चीनमा एउटा भनाइ छ, समस्यालाई लुकाउनुभन्दा राम्रो हुनेछ त्यसको अन्त्य । युद्धको विन्दुमा घडीको सुई पुग्नेबेलासम्म भारतले आफ्नो सैनिक फिर्ता बोलाओस् । भारत आफ्नो जिदमा रह्यो भने त्यो स्वयमलाई खुम्च्याउनुको स्थिति हुनेछ । स्पष्ट छ, जुन नतिजा आउनेछ, त्यसमा भारतले पश्चाताप गर्नुपर्नेछ।- एजेन्सी

प्रतिक्रियाहरु