भारतमा मोदीको पकड झन् बढ्दै

२०७१ असार २६ गते, बिहीबार


काठमाडौ ।भारतको सत्ताधारी हिन्दु राष्ट्रवादी पार्टीका अध्यक्ष पदमा प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वास गरिएका व्यक्ति अमित साहलाई नियुक्ति गरिएपछि बुधबार यस दलमा उनको नियन्त्रण अझै बलियो भएको अनुमान गरिएको छ ।साह सन् १९८० देखिनै प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ कडा राजनीतिक सङ्गठनकर्ताको रुपमा देखिएका छन् र मे महिनामा प्रधानमन्त्री मोदीको विजयमा उहाँलाई रणनीति श्रेय दिइएको छ ।उनी विवादास्पद व्यक्तित्व पनि हुन् । उनले निर्वाचनमा भड्काउयुक्त टिप्पणी गरेको भनी निर्वाचन आयोगले उनीमाथि कारवाही गरेको थियो ।
पार्टीका अध्यक्ष राजनाथ सिंह हाल प्रधानमन्त्री मोदीको सरकारमा गृहमन्त्रीको रुपमा रहेका छन् र उनले बुधबारैदेखि लागू हुनेगरी अमित साहले भारतीय जनता पार्टीको अध्यक्ष पद सम्हाल्ने बताए । पार्टीको केन्द्रीय संसदीय बोर्डले साहलाई बीजेपीको अध्यक्षको रुपमा छनौट गरेको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु