भारतमा ‘जनता कर्फ्यु ‘ सुरु

२०७६ चैत्र ९ गते, आईतवार

काठमाडौं, ९ चैत । भारतमा आज जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आज एक दिनका लागि यो व्यवस्था गरिएको हो । यो घोषणालाई ध्यानमा राखी निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । सम्पूर्ण बजार बन्द रहने छ ।
भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका थिए । भारतमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ भने, तीन सय ३० जना संक्रमित छन् । भारतमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । प्रधानमन्त्रीले सम्बोधनका क्रममा पहिले झैं बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु