भारतमा गर्मीले सयौको ज्यान लियो

२०७२ जेष्ठ ११ गते, सोमबार

काठमाडौं, ११ जेठ । भारतका केही क्षेत्रको तापक्रम ४८ डिग्रीसम्म पुगे पछि लुका कारण अहिलेसम्म ३ सय ५० जना भन्दा बढीको ज्यान गएको छ ।अत्याधिक गर्मी तथा लुका कारण सबैभन्दा धेरै तेलंगना र आन्ध्र प्रदेशमा बढी मानिसको ज्यान गएको छ ।तेलंगनाका १० जिल्लामा अहिलेसम्म गर्मी तथा लुका कारण अहिलेसम्म १ सय ८६ तथा आन्ध्र प्रदेशमा १ सय ८२ जनाको ज्यान गएको समाचार संस्था पिटिआईले जनाएको छ । ज्यान गुमाउनेमा धेरै वृद्धवृद्धा रेहको सरकारी अधिकारीले बताएका छन् ।
भारतका कैयौं क्षेत्रमा तापक्रम उच्च पुगेको छ । उत्तर प्रदेशको इलाहबादमा सबैभन्दा धेरै ४८ डिग्री पुगेको छ भने राजधानी दिल्लीको तापक्रम पनि ४४ डिग्री सेल्सियस पुगेको छ ।मौसम विदका अनुसार अझै चार दिनसम्म गर्मी बढ्न सक्ने छ । गर्मी बाट बच्नका लागि घरबाट बाहिर सकेसम्म कम निस्कन सरकारी अधिकारीले आग्रह गरेका छन् । यस्तै पानी बढी पिउन पनि विज्ञले सल्लाह दिएका छन् ।– एजेन्सी

प्रतिक्रियाहरु