भारतमा काेराेनावाट ५ हजारबढीकाे मृत्यु !

२०७७ जेष्ठ १८ गते, आईतवार

काठमाडाैँ, १८ जेठ । भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५ हजार १८५ पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ८१ हजार ८८७ पुगेकाे छ । संक्रमितमध्ये हाल ८६ हजार ९३६ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८९ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् । एसियाली देशहरूमध्ये काेराेना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउनेमा भने इरान पहिलाे स्थानमा छ । इरानमा पछिल्लाे केही सातायता दैनिक २ हजार हाराहारी नयाँ संक्रमित थपिँदै गएका छन् । शनिबार मात्र त्यहाँ २ हजार २८२ नयाँ संक्रमित फेला परेका छन् भने ५७ जनाकाे भाइरस संकमणकै कारण मृत्यु भएकाे छ । यससँगै इरानमा हालसम्म काेराेनाबाट कुल ७ हजार ७३४ जनाकाे मृत्यु भएकाे छ भने कुल संक्रमित संख्या १ लाख ४८ हजार ९५० पुगेकाे छ ।
एसियामा काेराेना संक्रमित देशकाे दाेस्राे लहरमा रहेकाे टर्कीमा अहिलेसम्म १ लाख ६३ हजार १०३ जनामा संक्रमण पुष्टि भइसकेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म काेराेनाबाट ४ हजार ५१५ जनाले ज्यान गुमाइसकेका छन् । शनिबार मात्र त्यहाँ २६ जनाकाे ज्यान गयाे भने ९८३ नयाँ संक्रमित थपिए ।
काेराेना भाइरसकाे उद्गमस्थल चीनमा भने अहिले संक्रमण नियन्त्रित भइसकेकाे बताइन्छ । त्यहाँ पछिल्लाे समय दैनिक मृत्युका घटना देखिएका छैनन् भने नयां संक्रमणका केसहरू फाट्टफुट्ट रूपमा देखिने गरेका छन् । कुल ८३ हजारमा संक्रमण पुष्टि चीनमा ७८ हजार ३०४ जना भने निकाे भइसकेका छन् र ४ हजार ६३४ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रियाहरु