भारतमा काेराेनावाट ३ हजार १५६ जनाको मृत्यु

२०७७ जेष्ठ ६ गते, मंगलवार

काठमाडाैँ, ६ जेठ । भारतमा कोरोना भाइरसबाट ३ हजार १५६ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । संक्रमितमध्ये भारतमा ३९ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ५७ हजार ९ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् । भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु