भारतमा काेराेनावाट २ हजार ६ सय ४९ जनाकाे मृत्यु

२०७७ जेष्ठ २ गते, शुक्रबार

काठमाडाैं, २ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा काेराेनाबाट २ हजार ६ सय ४९ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेकाे संख्या ८२ हजर पुगेकाे छ । तीमध्ये करिब २८ हजार पूर्णरूपमा निकाे भएर घर फर्किइसकेका छन् । पछिल्लाे २४ घण्टामा भारतमा झण्डै ४ हजार संक्रमित फेला परेका छन् भने ९८ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । बिहीबार बिहानसम्म त्यहाँ काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ हजार ५ सय ५१ पुगेकाे थियाे भने संक्रमितकाे संख्या ७८ हजार थियाे ।

प्रतिक्रियाहरु