भारतप्रति पाकिस्तान उदार

२०७६ जेष्ठ २८ गते, मंगलवार

काठमाडौं, २८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पाकिस्तानले आफ्नो हवाई मार्ग उपलब्ध गराउने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी किर्गिस्तान भ्रमणमा जानका लागि भने पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न सक्ने पाकिस्तानले जनाएको छ । यसअघि भारतीय अधिकारीहरुले मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन पाकिस्तानसमक्ष आग्रह गरेका थिए ।
भारतको आग्रहअनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाश मार्ग उपलब्ध गराउन सहमति जनाएको हो । मोदी १३ र १४ जुनमा किर्गिस्तानको बिश्केकमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसनको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । सो बैठकमा पाकिस्तानका प्रधानमन्त्री इमारान खानसमेत सहभागी हुँदैछन् ।-एजेन्सी

प्रतिक्रियाहरु