भारतद्वारा पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

२०७३ चैत्र १२ गते, शनिबार

काठमाडौं, १२ चैत । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने चेतावनी दिएको छ । आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।
‘भारतले सम्भव भएसम्म चाँडो पाकिस्तान र बंगलादेशसँगको अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ’–गृहमन्त्री राजनाथ सिंहले भने । ‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो’–उनले भने । – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु