भारतद्वारा टिकटकसहित ५९ चीनीया एपमाथि प्रतिवन्ध

२०७७ असार १६ गते, मंगलवार


काठमाडाैं, १६ असार । भारतले चीनसँग सीमाना १५ जुनमा भएको झडपपछि तनाब बढीरहेको समयमा चीनीया कम्पनीसगँ सम्बन्धित टिकटक सहित ५९ वटा एममाथि प्रतिवन्ध लगाएको छ ।
लद्धाखमा भएको झडपमा २० जना भारतीय सेना मारिए पछि अहिले भारतमा चीनीया सफेटवेयर, चीनीया उत्पादन बहिष्कारको माग भारतमा तीव्र भएका बेला यो प्रतिवन्ध लागू गरिएको हो । यसले भारतीय सम्प्रभुता, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै बन्द गरिएको उल्लेख गरिएको छ । टिकटक, शेयर ईट लगायतका एप अब भारतमा खुल्ने छैन । – एजेन्सी

प्रतिक्रियाहरु