भारतद्वारा एकतर्फी युद्धविरामको घोषणा

२०७५ जेष्ठ ३ गते, बिहीबार

काठमाडौं, ३ जेठ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो ।
केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले यो निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताएका छन् ।
सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गरेका छन् । भारत नियन्त्रित कास्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन् । यस्तो निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच बीच संघर्ष भइरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु