भारतको हेपाहा प्रबृति बिरुद्ध आन्दोलन गरछौ :पुन

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौँ । नेकपा माओबादीका पि.बि.एम तथा सेति-महाकाली राज्य समिति इन्चार्ज ओम प्रकाश पुनले भारतको हेपाहा प्रबृतिका बिरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन् । हालै भारतीय पक्षले अचानक विना सुचना शारदा ब्यारेजको नेपाल तर्फो ढोका खोल्दा महाकाली नदीमा बाढी आई जनजीबन प्रभाबित पारेको घटना प्रति पार्टीको गम्भिर ध्यानाकर्षन भएको भन्दै उनले एक प्रेश बिज्ञप्तिजारी गरेका छन् ।
पुनले जारी गरेको प्रेश बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – ” यहि २०७१ साल फागुन १९ गते भारतीय पक्षले अचानक विना सुचना शारदा ब्यारेजको नेपाल तर्फो ढोका खोल्दा महाकाली नदीमा बाढी आई जनजीबन प्रभाबित पारेको घटना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षा भएको छ । महाकाली नदीमा बाढी आए पछि भारतीय पक्षले बिना सुचना नेपाल तर्फो शारदा ब्यारेजको ढोका खोल्दा महाकाली नदीको बगरमा गिट्ट बालुवा संकलन गर्ने मजदुर सहित कैयौ जनताहरु नदीको बगरमा थुनिएका थिए । कंचनपुरको भिम दत्त नगरपालीका अन्तरगतको ऐरि घाट नजिकको टापुबाट नदीमा फसेका ६ जना बालबालीका, १० जना महिला र २० जना पुरुष सहित ३६ जनालाई १९ गते दिउँसो नेपाल सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको थियो भने केहि जना बिच टापुमै रहेका थिए । जीबनको संकटमा परेका नेपालीहरुलाई उद्धार गर्ने सुरक्षा कर्मीहरु प्रति हाम्रो पार्टी हार्दिक धन्यबाद ज्ञापन गर्दछ । यस भन्दा पर्व पनि भारतिय पक्षले यसरी नै कैयौ पटक बिना सुचना शारदा ब्यारेजको ढोका खोल्दा मलामी गएका लगाएत अन्य जनतालाई नेपाली सुरक्षा कर्मीले उद्धार गरेका थिए । यसरी आएको बाढीले नेपालको अन्य भागमा कहाँ के क्षेती भएको छ जानकारी आउँन बाँकी नै छ । स्मरणीय रहोस कि गत बर्षपनि भारतिय पक्षले बिना सुचना धौली गंगा बाँध खोली दिदा महाकाली नदीमा आएको बाढीले दार्चुला सदर मुकाम लगाएत अन्य भागमा ठुलो क्षेती पुगाएको थियो । तर्सथ नेपालको सिमा क्षेत्रमा भारतीय विस्तारबाद द्वार गरिने यस प्रकारको मिचाहा र हेपाहा प्रबृती प्रति हाम्रो पार्टी घोर निन्दा एवं भ्रत्सना गर्दछ र यस खाले गति बिधिका बिरुद्ध सम्पुर्ण राष्ट्रबादीहरु एक हुन पनि आग्रह गर्दछौ । साथै यस प्रकारका घटना प्रति मौण रहने नेपालको दलाल सरकारको गम्भिर आलोचना गर्दै भारतिय बिस्तारबादको नेपाल प्रतिको ज्यादती तत्काल बन्द गर्न र नेपाली र्सार्बभौमिकताको सम्मान गर्न सचेत गराउँद छौ । अन्यथा भारतीय पक्षको नेपाल प्रतिको हेपाहा प्रबृतिका बिरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौ ।”

प्रतिक्रियाहरु