भारतको ‘हिन्दुजा ब्रदर्श’ बेलायतकै सर्बाधिक धनी

२०७४ बैशाख ३१ गते, आईतवार

काठमाडौं, ३१ बैशाख । बहुराष्ट्रिय हिन्दुजा ग्रुप, बेलायतको सर्बाधिक धनीको सूचीमा सुचीकृत भएको छ । एकै परिवारका चार दाजुभाई आबद्ध कम्पनी यस बर्ष ३ दलमलव २ अर्ब पाउन्ड सम्पत्ति बढाउँदै सर्बोत्कृष्टको सूचीमा परेको हो । सो कम्पनीको कुल सम्पत्ति १६ दशमलव २ अर्ब पाउन्ड रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । कम्पनीले यसबर्ष तेल, ग्यास, प्रविधी, मिडिया, स्वास्थ्य जस्ता क्षेत्रमा लगानीबाट प्रतिफल बढाएको बेलायती अखबार ‘सन्डे टाइम्स’ ले उल्लेख गरेको छ । उनीहरुको सबैभन्दा पछिल्लो परियोजना वेस्टमिनिस्टर, लन्डनको पूरानो युद्ध कार्यलयलाई पाँचतारे होटल तथा सुविधासम्पन्न अपार्टमेन्ट बनाउने रहेको छ ।
हिन्दुजा दाजुभाई गतबर्ष सोही सुचीको दोस्रो स्थानमा रहेका थिए । गतबर्ष सुचीको शिर्षस्थानमा रहेका युक्रेनी ब्यापारी लेन ब्लाभात्निकले सुचीमा दोस्रो स्थान ओगटेका छन् । हिन्दुजा ग्रुप बर्तमान मालिक श्रीचन्द, गोपिचन्द, प्रकाश, अशोक हिन्दुजाका पिता परमानन्द दीपचन्द गरी चार दाजुभाईले स्थापना गरेका थिए । – नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार