भारतको नाकाबन्दी बिरुद्ध राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौं, १५ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको बिरोधमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन भएको छ । अमेरिकामा बस्दै आएका नेपालीले न्युयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
भारतले नेपालमा अघोषित रुपमा गरेको नाकाबन्दीले जनजीवन कष्टकर बन्दै गएपति देश विदेशमा रहेका नेपालीले बिरोध प्रदर्शन गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका र प्रजातान्त्रिक युवा परिषदले संयुक्त रुपमा राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघको ७० औं महासभालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सम्बोधन गरेका बेला नेपालीले मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् । ‘भारत नेपाली नागरिकलाई सम्मान गर’ लेखिएका प्लेकार्डसहित नेपालीले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रियाहरु