भारतको ओडिसामा ‘फानी’को प्रभाव सुरु

२०७६ बैशाख २० गते, शुक्रबार

काठमाडौं, २० वैशाख। भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव सुरु भएको छ । बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुग्दैछ । जसका कारण त्यहाँ वर्षा सुरु भएको छ । तटीय क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ । आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ । यो आँधी ओडिसामा स्थानीय समयअनुसार बिहान ८ बजे आइपुग्ने र मध्याह्न १२ बजेसम्म जारी रहनसक्ने त्यहाँका मौसमविद्हरुले बताएका छन् । यो बेला हावाको गति प्रतिघन्टा १७५ देखि १८५ किलोमिटर रहनसक्ने बताइएको छ । ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु