भारतका पूर्व वित्तमन्त्री पी चितम्बरम जमानतमा रिहा

२०७६ मंसिर १९ गते, बिहीबार

काठमाडौं,१९ मंसिर । आइएनएक्स मिडिया घोटालाका आरोपी भारतका पूर्व वित्तमन्त्री पी चितम्बरम जमानतमा रिहा भएका छन् । ७४ वर्षीय चिदम्बरमलाई सर्वोच्च अदालतले मुद्रा अपचलन काण्डमा ससर्त जमानत दिएको हो । यसअघि अदालतले उनलाई कुनै पनि प्रकारका साक्षी वा सबुत प्रमाणलाई प्रभावित पार्ने खालका कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको थियो । चेतावनी अनुसार चितम्बरमले मिडियामा यसबारे कुनै बयानबाजी गर्न पाउने छैनन् । यसअघि प्रवर्दन निर्देशनालय ईडीले उनको जमानतको मागमा दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो । चितम्बरमले यसबारेमा अदालतलाई चुनौती दिएका थिए ।
शीर्ष अदालत उनलाई भ्रष्टाचार मुद्धामा बेल दिएको थियो । चितम्बरमले रिहा भए लगत्तै भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई भेटेका थिए । गिरफ्तारीको दुई महिनापछि जेलबाट बाहिर आएका चितम्बरम अदालतको आदेश विना विदेश जान पाउने छैनन् । -एजेन्सी

प्रतिक्रियाहरु