भाटभटेनी सुपरमार्केटको सामान बेच्न रोक

२०७५ कार्तिक २२ गते, बिहीबार

काठमाडौं, २२ कात्तिक । सरकारले भाटभटेनी सुपरमार्केटलाई दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो । समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो । अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए । – नेपाल समाचारपत्रवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु