भाइरलका कारण १२ को मृत्यु

२०७४ पुष २५ गते, मंगलवार

काठमाडौं, २५ पुस । जाजरकोट जिल्लाको जुनीचाँदे–३ मा भाइरलका कारण थप एकजनाको मंगलबार बिहान मृत्यु भएकोे छ । जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए । भण्डारी तीनदिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सन्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए । यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु