भन्सार कार्यालयमा ताला, उद्योगी र प्रहरीवीच झडप

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौँ, ६ बैशाख । जनकपुर उद्योग बाणिज्य संघले जनकपुर भन्सार कार्यालयमा ताला लगाएको छ । संघले भन्सार कार्यालयले तस्करलाई प्रसय दिएको तथा स्तकरलाई नियन्त्रण नगरेको भन्दै भन्सार कार्यालयमा ताला लगाएको हो । उद्योगीहरुले भन्सार कार्यालयकै मिलोमतोमा तस्कर भईरहेको तथा त्यसको भन्सार कार्यालयले नियन्त्रण नगरेको एवम् भन्सार कार्यालय आफै तस्करमा संलग्न रहेको आरोप लगाउदै विहिबार भन्सार कार्यालयमा ताला लगाएको हो । उद्योगीहरुले ताला लगाएपछि शसस्त्र प्रहरीले भन्सार कार्यालयको सुरक्षा गर्ने क्रममा प्रहरी र उद्योगीहरु वीच झडप समेत भएको छ । झडपपछि जनकपुर तनाव ग्रस्त बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु