भद्रकालीमाई प्रचारप्रसारको अभावमा ओझेलमा

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, १० असार । सिन्धुलीको प्रसिद्ध धार्मिक शक्तिपीठ भद्रकालीमाई संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बनेपा–सिन्धुली–बर्दिवास सडकनजिक रहेको शक्तिपीठ भद्रकालीमाईको मन्दिर संरक्षण र जीर्णोद्धार नहुँदा जीर्ण बन्दै गएको हो । सिन्धुलीमाडीबाट १६ किलोमिटर उत्तर–पश्चिममा अवस्थित भद्रकालीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय स्थल बनाउन स्थानीय निकायले पहल नगरेको आरोप सरोकारवालाहरुले लगाएका छन् । भद्रकालीमाईको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । भद्रकालीमाईको दर्शन गर्न सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहालगायतका सर्वसाधारणसमेत आउने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार