भक्तपुर – नगरकोट सडक विस्तार हुदै

२०७१ चैत्र ८ गते, आईतवार

काठमाडौ, ८ चैत । भक्तपुर – नगरकोट पर्यटकीय सडक विस्तार हुने भएको छ । साँघुरो सडकमा धेरै सवारी साधनको ओहोरदोहोर हुने भएपछि भक्तपुरको नगरकोटसम्मको मूल सडक विस्तार हुने भएको हो । सडक विभाग अन्तर्गत सडक सुधार आयोजनाले कूल २८ करोड रुपैयाको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले दुईवटा कम्पनीलाई ठेक्का दिएको छ ।नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसंगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरि अब ७ मिटर कालोपत्रे बनाईने भएको हो । हाल ४ मिटर फराकिलो रहेको १६ किलोमिटर लामो यो सडकलाई फराकिलो पारेर नाली समेत निर्माण गरिने आयोजना प्रमुख प्रमिला बज्राचार्यले बताए ।
भक्तपुर नगरकोट जाने सडक साँघुरो हँुदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हुदै गएर अव्यबस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै सडक विस्तार गर्न लागेको हो ।
‘इगजिम बैंक इन्डिया’को सहयोगमा विस्तार हुन लागेको यो सडकको ल्याप, सर्भे, डिजाइन लगायतको प्रारम्भिक कार्य सम्पन्न भईसकेको र चैत्र दोश्रो साताबाटै सडक विस्तार कार्य सुरु गरिने ओयोजनाले जनाएको छ । सडक विस्तारको कार्य आगामी २०७२-०७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
यता नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले भने आयोजनाले ठेक्का दिएको नै महिना बितिसक्दा पनि काम सुरु नभएको गुनासो गर्नुभयो । भक्तपुर नगरकोट सडक जीर्ण भएर खाल्डो नै खाल्डो भएर दुर्घटना बढाईरहेको बताउँदै उहाँले सडक विस्तार गर्न ढिलाई गर्न नहुने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु