ब्रिटेन युरोपेली संघबाट अलग्गियो

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, ९ असार । ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो । जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले ब्रिटेनलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् ।
युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक साझेदारी छ । द्वितीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एक अर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु