ब्रिटेन युरोपियन संघबाट बाहिरिने

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपियन संघबाट बाहिरिने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो छलफल भएको थियो । प्रधानमन्त्री थेरेथा मेले यो अन्तिम निर्णय भएको बताए । उनले यो निर्णय ब्रिटेनको हितमा भएको पनि दाबी गरे । यसबाट रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने समेत उल्लेख गरे । यसले ब्रिटेनलाई आफ्नो कानुनमा नियन्त्रण हासिल हुने प्रधानमन्त्री मेको भनाइ छ । प्रधानमन्त्री मेले युरोपीयन संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी आज संसदलाई गराउने बीबीसीले जनाएको छ । यस निर्णयलाई लिएर प्रधानमन्त्री मेको विरोध भइरहेको छ । विपक्षी पार्टीका केही मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।
यसअघि ब्रसेल्समा आयोजित युरोपिय संघमा आवद्ध २७ देशका राजदूतहरुको महत्वपूर्ण बैठक ब्रेक्जिट सम्झौताको प्रस्तावित मस्यौदामा छलफल विनै सकिएको थियो । तर, अब ब्रिटेनको मन्त्रिपरिषदले गरेको निर्णयपछि ब्रेक्जिटमा युरोपीय संघको मध्यस्थकर्ता माइकल बार्नियरले यो दुवै पक्षको हितमा हुने बताएका छन् ।

प्रतिक्रियाहरु