बौद्धिक अपाङ्ग सम्मेलन शुरु हुँदै

२०७६ मंसिर १७ गते, मंगलवार

काठमाडौं, १७ मंसिर । एशियाली बौद्धिक अपाङ्ग महासङ्घको २४औँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले सुस्त मनःस्थितिको अवस्था जटिल भएका कारणले महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधिहरू नेपालमा पनि भित्र््याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलन आयोजना गरिएको बताए ।
यही मङ्सिर २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा ३५० जनाको सहभागिता हुनेछ । सम्मेलनमा १४ देशका प्रतिनिधिले आफ्नो देशमा सुस्त मनःस्थितिबारे भइरहेका जानकारीबारे प्रतिवेदन प्रस्तुत गर्ने उनले जानकारी दिए । सम्मेलनको अवसरमा पाँच विषयमा ३२ विषय विज्ञसमेतले कार्यपत्र प्रस्तुत हुनुको साथै दुई वटा महासङ्घका बैठकसमेत हुनेछ । बैठकले महासङ्घका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु