बैशाख १ देखि पचाल झरना बृहत साँस्कृतिक महत्सव

२०७४ चैत्र २६ गते, सोमबार

काठमाडौं, २६ चैत । कालिकोट पचाल झरना गाँउपालिकाले पर्यटन पर्बद्भन तथा बिकासका लागि बैशाख १ देखि बृहत साँस्कृतिक महत्सवको तयारी गरेकाे छ । नेपालकै अग्लो झरना पचाल झरनाकाे नामबाट बनेकाे गाँउपालिकाले उक्त झरनाकाे प्रचारप्रसारकाे लागि इतिहासमा पहिलोपटक २०७५ बैशाख १ गते देखि ५ गते सम्म हुन लागेकाे बृहत साँस्कृतिक महोत्सवको तयारी अन्तिम अबस्थामा पुगेकाे गाँउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल ( बिश्वप्रकाश )ले बताए । महत्सवकाे उदघाटन प्रधानमन्त्री केपी शर्मा अाेलीले गर्ने बताइएकाे छ । त्यसकाे लागि सम्पुर्ण तयारी भैसेकाे समेत बताइएकाे छ ।
पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको उक्त क्षेत्रको प्रबद्र्धनका लागि सरोकारवालासँग सहकार्य गरेर महोत्सव गर्न लागेको पचालझरण गाँउपालिकाका अध्यक्ष सेजुवाल ( बिश्वप्रकाश )ले जानकारी दिए । सेजुवालले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको भएपनि प्रचारप्रसारकाे दृष्टिले निक्कै पछाडि रहेकेा बताए । सेजुवालले उक्त क्षेत्रको प्रचार–प्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै पचालझरनाकाे चौतर्फी विकासका लागि याे महत्सवले उलेख्खय भुमिकाखेल्ने समेत दावी गरे । ‘कर्णाली आफैमा साँस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानिक र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने, ‘यस क्षेत्रको समृद्धिका लागि यस महोत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार