बेसारले रोक्छ हृदयघात !

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौं, ६ वैशाख । खानेकुरालाई रंगीन र रसिलो बनाउनका लागि प्रयोग गरिने बेसारले तपाईको मुटुको पनि सुरक्षा गर्न सक्दछ । थाइल्याण्डमा गरिएको एक अध्ययनका अनुसार बायपास सर्जरी गराएका मुटुरोगीका लागि बेसार लाभकारी सावित हुन सक्दछ । र, बेसारले हृदयरोगबाट पनि बचाउने गर्दछ ।
बायपास सर्जरीका क्रममा रक्त प्रवाहको कमीका कारण मुटुको मांसपेशीमा हानी पुग्न सक्दछ । जसबाट विरामीलाई हृदयघात हुने सम्भावना बढ्छ । बेसारमा कयौ यस्ता तत्व पाइने गर्दछ जसले यस्ता खतराको सामना गर्न सहयोगी हुन्छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको ह्युस्टनस्थित एन्डरसन क्यान्सर रिसर्च सेन्टरका भरत अग्रवालले यसलाई निकै उत्साहजनक शोध बताए।
यो शोध थाइल्याण्डको चियाङ माई विश्वविद्यालयमा गरिएको हो । सन् २००९ देखि २०११ का बीचमा बाइपास सर्जरीगराएका १२१ जनाले यो शोधमा भाग लिएका थिए। सहभागीमध्ये आधालाई दिनमा चार पटक एक ग्राम बेसारको तत्वबाट बनेको क्याप्सुल दिइएको थियो । जबकी बाँकी सहभागीलाई अन्य क्याप्सुल दिइएको थियो । यो क्याप्सुल सर्जरी गर्नु तीन दिन पूर्व र सजरी गरेको पाँच दिनसम्म दिइएको थियो ।
‘अमेरिकन जनरल अफ कार्डियोलजी’मा प्रकाशित शोधका अनुसार अपरेशनपछि अस्पतालमा बस्ने क्रममा बेसारको क्याप्सुल सेवन गर्नेहरुमा हृदयघात हुने सम्भावना १३ प्रतिशत थियो । जबकी अन्य क्याप्सुल सेवनकर्तामा यो आशंका ३० प्रतिशत आसपास पाइएको थियो ।
यो शोध गर्ने टिमका प्रमुख डाक्टरवारवारङ्ग बाङ्गचेरोनका अनुसार बेसारबाट बनेको क्याप्सुल सेवन गर्नेमा हृदयघात हुने खतरा ६५ प्रतिशत कम पाइएको थियो । यद्यपि यो शोध हृदयरोगीको सानो समूहमा गरिएको छ । जानकारहरुका अनुसार यसमा थप शोध गर्नु आवश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु