बेसारको औषधीय गुण

२०७५ कार्तिक १७ गते, शनिबार

काठमाडाैं, १७ कार्तिक । दैनिक जीवनमा प्रयोग हुने बेसार तर यसको औषधीय गुणबारे हामी बेखवर हुन सक्छौं । आयुर्वेदमा बेसारलार्ई सबैभन्दा उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यो छाला, पेट र शरीरका थुप्रै रोगहरुमा प्रयोग हुन्छ । दूध र बेसार मिसाएर दैनिक पिउनाले शरीरलार्ई पर्याप्त मात्रामा क्याल्सियम पुग्छ । यसले गर्दा हाडहरु बलियो र स्वस्थ्य हुन्छ साथै यसले शरीरमा रक्तसञ्चार बढाउने हुनाले कानको दुखाइ जस्ता समस्याहरुबाट छुटकारा दिलाउँछ । त्यस्तै यसले रगत सफा पनि गर्छ । दैनिक दूध र वेसार मिसाएर पिउनाले अनुहारमा चमक आउँछ । सानो कपासको डल्लालार्ई दूध र वेसारको मिश्रणमा चोबेर अनुहारमा लगाउँदा पनि अनुहारको कान्ती बढ्नुका साथै अनुहार सफा र उज्यालो हुन्छ । साथै छाला सम्बन्धी अन्य समस्याहरु हटाउन पनि यसले मद्दत गर्छ । दैनिक सेवनले शरीर सुडौल बनाउन पनि मद्दत गर्छ । मन तातो दूधमा वेसार मिसाएर खानाले शरीरमा जमेको बोसो घट्दै जान्छ । कलेजो सम्बन्धी रोगहरुको सम्भावना कम गर्छ । यसका साथै यो एक राम्रो एन्टीसेप्टिक हुनाले अल्सरलार्ई पनि कम गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ र अपच, पखाला जस्ता समस्या हुन दिदैँन र महिलाहरु महिनावारी भएको बेला दूध र वेसार मिसाएर पिउनाले दुखाई कम हुन्छ ।

प्रतिक्रियाहरु