बेलायती राजकुमार विद्यालय भर्ना

२०७४ भाद्र २३ गते, शुक्रबार

काठमाडौं, २२ भदौ । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ । बुबा विलियमले हातले डो¥याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लैजानु भएको थियो । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा रहेको छ ।
राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उहाँलाई विद्यालय प¥याउने बेलामा सँगै जान सक्नुभएन । राजकुमारी क्याथेरिन तेस्रो बच्चा जन्माउनका लागि गर्भवती भएकाले केही दिनदेखि आराम गरिरहनु भएको केन्सीङटन दरबारले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन् । विद्यालय पोशाकको रुपमा रहेको गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता उहाँले लगाउनुहुने भएको छ ।
उहाँले पढ्ने कक्षाकोठमा उहाँसँगै अरु २० जना छात्रहरु पनि रहने भएका छन् । उहाँको डेस्क लगायतका सामान उहाँकै नाममा हुनेछ ।
विद्यालयका प्राधानाध्यापक बेन थोमसले राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने स्पष्ट पार्नुभयो । तर अन्य छात्रहरूलाई झै उहाँलाई पनि शैक्षिक क्रियाकलापमा अत्यधिक सहभागीताका लागि धेरै योजना भने बनाइएको उहाँले बताउनुभयो ।
राजकुमार जर्ज जब विद्यालयमा प्रवेश गर्नुहुन्छ, एक जना फोटोग्राफर र एक जना क्यामेराम्यानले मात्रै फोटो र भिडियो खिचेका थिए ।
राजकुमार विलियमले आफ्नो छोराको गोपनीयताको ख्याल गरिदिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको बताइएकोे छ । झण्डै तीन दशक अगाडी राजकुमार विलियम पहिलो पटक विद्यालय जाँदा धेरै सञ्चार माध्यमहरूले त्यो क्षणको फोटो तथा भिडियो खिचेका थिए ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु