बेलायतलाई ईयूबाट छिट्टै बाहिरिन सुझाव

२०७३ असार ११ गते, शनिबार

काठमाडौं, ११ असार । बेलायतलाई ढिला नगरी बाहिरिन युरोपियन युनियनका नेताहरुको सुझाव दिएका छन् । अब ढिलो गर्दा अनावश्यक अनिश्चितता बढ्ने उनीहरुको भनाइ छ । ईयूबाट अलग्गिने बेलायती निर्णयप्रति अफशोच जनाउँदै नेताहरुले आवद्ध देशका नागरिकमा शान्ति र स्थिरता कायम राख्न अपील पनि गरेका छन् ।
यसअघि, युरोपियन युनियनमा रहने वा नरहने विषयमा गरिएको जनमत संग्रहमा जनताले अलग्गिने निर्णय गरेपछि बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
प्रधानमन्त्री क्यारुनले आफूले महारानी एलिजावेथलाई भेटेर आगामी अक्टोबरमा हुने कन्जरभेटिभ पार्टीको सम्मेलनपछि नयाँ नेतालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने जानकारी दिएको बताएका छन् ।
ईयूबाट बेलायत अलग्गिनु पर्ने पक्षमा जनमत संग्रहको परिणाम आएपछि क्यामरुनमाथि पदबाट राजीनामा दिन दबाब बढेको थियो । यस मुद्दामा स्वयं उनको पार्टी कन्जरभेटिभमै पनि मत विभाजन भएको थियो ।
सन् २०१५ मा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री क्यामरुनको कन्जरभेटिभ पार्टीले ६ सय ५० सीट रहेको हाउस अफ कमन्समा ३ सय ३० सीट प्राप्त गरेकोे थियो ।
निर्वाचनका समयमा बेलायत इयुमै रहने वा नरहेने बिषयमा जनमत संग्रह गराउने बचन दिएकाले क्यामरुनले यो निर्वाचन गराएका हुन् । जनमत संग्रहमा क्यामरुनको मत पराजित भएपनि कन्जरभेटिभ पार्टी भने सरकारबाट तत्काल बाहिरिने छैन ।
क्यामरुनले राजीनामा दिएपनि उनको कन्जरभेटिभ पार्टीबाटै नयाँ प्रधानमन्त्री चुनिने छ । सन् २०१५ मा भएको निर्वाचनबाट विपक्षमा पुगेको लेबर पार्टीको भने संसदमा २ सय ३२ सीट मात्र रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु