बेलायतमा ‘सेण्ड योर फ्रेण्ड्स टु नेपाल’ कार्यक्रम सम्पन्न

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं, २६ माघ । नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्षगांठको अवसर पारी बेलायतस्थित नेपाली राजदुतावासको ब्यबस्थापन तथा स्थानीय हस्पिटालिटी क्षेत्रमा प्रसिद्ध एभरेष्ट इन ग्रुपको संयोजनमा ‘सेण्ड योर फ्रेण्ड्स टु नेपाल’ कार्यक्रम सम्पन्न भएको छ । ‘ए रिसेेप्सन फर द लुइसहाम नर्थ स्काउट्स नेपाल इक्स्पीडिसन २०१६’ नाम दिइएको उक्त कार्यक्रममा आगामी महिना नेपाल भ्रमण गर्ने ४३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । यसअघि पनि एभरेष्ट इन ग्रुपले नेपालको पर्यटन क्षेत्रको विकासमा विभिन्न तवरबाट सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे बेलायतका लागि कार्यवहाक राजदुत तेज बहादुर क्षेत्रीले नेपाल पर्यटकहरुका लागि सुरक्षित गन्तव्य भएको बताए । भुकम्पबाट क्षतिग्रस्त नेपाललाई सबैले सहयोग गर्नुपर्ने बेला भएको जिकिर गर्दै उनले पर्यटकहरु त्यसको आधार हुन सक्ने औंल्याएका थिए । नेपाल भौगोलिक सुन्दरता र सांस्कृतिक विविधताको धनि देश भएको बताउंदै उनले पटक पटक नेपाल भ्रमण गर्नका लागि आग्रह गरे ।
आयोजक एभरेष्ट इन ग्रुपका प्रमुख पशुपति भण्डारीले नेपालको पर्यटन विकासमा आफुहरुले सक्दो पहल गरिरहेको बताए । भुकम्पले विक्षिप्त नेपालको पुननिर्माणमा पनि पर्यटकहरुको भुमिका महत्वपुर्ण हुने बताउंदै उनले नेपाल भ्रमणका लागि आग्रह गरे । नेपालीहरुको न्यायो आतिथ्य, तथा नेपालको भौगोलिक र सांस्कृतिक पक्षहरुले पर्यटकहरुलाई आकषिर्त गरिरहेको उनले उल्लेख गरे । देशको यस्तो विषम परिस्थितिमा पनि पर्यटन क्षेत्रले अपेक्षित सुधार गरिरहेको उनले बताए ।
विगत केहि बर्षदेखि लगातार सात पटकसम्म नेपाल भ्रमण गरिसकेका बि्रटिश नागरिक म्याथु हनले नेपाल अति सुन्दर र सहृदयीहरुको देश भएको बताए । जस्तोसुकै विपतमा पनि नेपालीहरु सुखी र खुशी देखिन्छन्, आफ्नो नेपाल भ्रमणको फेहरिस्त सुनाउंदै उनले भने, कृतिम र काल्पनिकता भन्दा वास्तविक मानव जीवन नेपालीहरुसंग छ । एक पटकको नेपाल भ्रमणले मात्र त्यहांको विविधताबारे जानकारी लिन नसकिने बताउंदै उनले पटक पटक नेपाल भ्रमण गर्नुपर्ने बताए ।
कार्यक्रममा यसअघि नेपाल भ्रमण गरिसकेका बेलायती किशोरहरु जोय इविङ र जोर्ज रबिन्सनले पनि नेपाल भ्रमणका लागि अति सुन्दर देश भएको बताउंदै नेपाल मनोरञ्जन लिने तथा शाहसीक सबै प्रकारका पर्यटकहरुका लागि उचित गन्तव्इ भएको बताए ।
आयोजक एभरेष्ट इन ग्रुपका डाइरेक्टर यादव भण्डारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन युरोप क्षेत्रीय संयोजक कुल आचार्य, नेपाली टेलिभिजन युकेका निर्देशक मोहन गुरुङ, स्थानीय व्यवसायीहरु बिराज भट्ट, कृष्ण भट्ट, विपी खनाल लगायतको सहभागिता थियो ।
सो अवसरमा नेपालको पर्यटन क्षेत्रलाई समेटिएर तयार पारीएको भिडियो बृत्तचित्र समेत देखाइएको थियो । – धर्मराज अधिकारी

प्रतिक्रियाहरु