बेलायतमा आम चुनावको मतदान हुँदै

२०७६ मंसिर २६ गते, बिहीबार

काठमाडौं, २६ मंसिर । बेलायतमा आज आम चुनावको मतदान हुँदैछ । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६५० संसदीय क्षेत्रका लागि आज मतदाताले मत दिने छन् । यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। त्यहाँ १ सय वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो। जीएमटी ७:०० बजे (नेपाली समायानुसार मध्याह्न १२:४५ बजे) मतदान सुरु हुनेछ। राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना शुरु हुने बीबीसीले उल्लेख गरेको छ। शुक्रवार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ। सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुनेगर्छ।

प्रतिक्रियाहरु