बेलायतमा आतंककारी आक्रमणको खतरा

२०७४ भाद्र ३१ गते, शनिबार

काठमाण्डौ , ३१ भदौ । बेलायत प्रहरीले बेलायतमा आतंककारी आक्रमणको खतरा उच्च विन्दुमा पुगेको जनाएको छ । लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीले विश्लेषण गरेका हुन् । प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले आतंककारी आक्रमणको खतरा निकै गम्भीर र संवेदनशील बनेको बताएकी छन् । दक्षिण पश्चिम लण्डनको पार्सन्स ग्रिन स्टेसनमा भएको ट्युब बम विस्फोटनमा २९ जना घाइते भएका छन् । इस्लामिक स्टेट आइएसले आक्रमणमा आफ्नो संलग्न रहेको दाबी गरेको छ ।
बेलायतमा देशभर अहिले एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको र सेनालाई पनि सहयोगका लागि आग्रह गरिएको प्रहरी अधिकारीले बताएका छन् ।
मानिसको भिडभाड बढी हुने क्षेत्रलाई लक्षित गरी सुरक्षा सर्तकता बढाइएको प्रधानमन्त्री मेले बताएकी छन् (एजेन्सी

प्रतिक्रियाहरु