बेरेर बोक्न मिल्ने टेलिभिजन

२०७१ श्रावण १० गते, शनिबार


काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को नौला आविस्कार हुँदै गएका छन् । कुनै समय घरको बैठक कोठामा ठूलो टेलिभिजन राखेर हेरिन्थ्यो । टेलिभिजन राख्न ठूलै र बलियो टेबल आवश्यक पथ्र्यो । पछि भित्तामा लपक्क टाँसेर हेर्ने टेलिभिजन आयो । टेलिभिजन उत्पादक कम्पनी एलजीले पछिल्लो समय पेपरजस्तै बेरेर खल्तीमा हाल्ने किसिमको टेलिभिजन ल्याएको छ । एलजीले ल्याएको टेलिभिजनको स्त्रिmन कति लचिलो छ भने यसलाई तीन सेन्टिमिटरको गोलाइमा गोलो पारेर बर्ेन सकिन्छ । नयाँ तरिकाले प्रयोग गर्न मिल्ने टेलिभिजनको रिज्योलुसन १२००ः८१० छ । यसले गर्दा यसलाई पोको पारियो भने पनि यसको तस्बिर ब्रि्रँदैन । अहिले परीक्षणको रूपमा उत्पादन सुरु गरिएको र आगामी २०१७ सम्ममा ६० इन्चसम्मको त्यस्तो टेलिभिजन उत्पादन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको स्त्रिन नफुट्ने भएकाले धेरै टिकाउ हुन्छ र पोर्टेे डिभाइसका रूपमा जुनसुकै ठाउँमा यस्तो टेलिभिजिन उपयुक्त हुने बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु