बृहत औद्योगिक मेला शुरु

२०७४ चैत्र २४ गते, शनिबार

काठमाडौं, २४ चैत । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी मैदानमा बृहत औद्योगिक मेला शुरु भएको छ । ११ दिने सो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा भक्तपुरका कला संस्कृति झल्कने र व्यवसायीक गरी २ सय भन्दा बढी स्टल रहेको आयोजकले जनाएका छन् । मेलामा उपभोग्य सामग्रीहरु, खाद्यान्न, लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवर्द्धन लगायतका स्टलहरु रहेको मेलाका संयोजक दिपक थापाले जानकारी दिए । यस्तै अटोमोबाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाईल, ईलेक्ट्रोनिक्स सामानहरु समेत राखिएको छ भने विभिन्न आकर्षक कार्यक्रमहरु समेत रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु