बृद्धि कर तत्काल खारेज नगरे प्रतिरोधमा उत्रने चेतावनी

२०७५ भाद्र २१ गते, बिहीबार

काठमाडौं , २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला जनपरिषद् मोरङ र सुनसरीले सरकारले अनावस्यक रुपमा बढाएको कर तत्काल खारेज गर्न आग्रह गरेका छन । जिल्ला जनपरिषद् मोरङ र सुनसरीले छुट्टाछुट्टै बिज्ञप्ती निकालेर सरकारले जनतालाई सास्ती दिने तरिकाले बृद्धि गरेको कर तत्काल खारेज गर्न आग्रह गरेका हुन् । जनपरिषद् मोरङका प्रमुख मिसायन र सुनसरीका प्रमुख मनोज किरातीले विज्ञप्ति जारी गर्दै नेपाली जनताले दैनिक हत्या, हिंसा, बलात्कार, भ्रष्टचार जस्तो बढ्दो सामाजिक अपराधको सामना गर्नु परिरहेको अवस्थामा अर्कोतर्फ राज्यसत्ताले जनतामाथि चौतर्फी करको भार थोपरेर संकट सिर्जना गरेको बताएका छन । बृद्धि भएको करले न्युन आय भएको रोजगारी र व्यावसायी, किसान, मजदुर, साना व्यापारी समस्यामा पर्नुका साथै संघ, प्रदेश र स्थानीय तहबाट अवैज्ञानिक तरिकाले भारी मात्रामा कर बृद्धि गरेर तथाकथित जनप्रतिधिलाई गाडि, तलव तथा अन्य सेवा सुविधामा खर्च भईरहेका र भ्रष्ट्रचार अस्वभाविक बढेको बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै जनपरिषदले जनतालाई दुख दिनेगरी तीन तहमा बृद्धि गरिएको कर नतिर्न पनि स्थानीय जनतालाई नतिर्न आग्रह गरेको छ । साथै जनताबाट जबरजस्त कर संकलन गरेमा ससक्त प्रतिरोधमा उत्रने चेतावनी पनि जनपरिषद्को छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु