बुद्ध गुरुङ ने.क.पा.बाट निष्काशित

२०७६ पुष २३ गते, बुधबार

काठमाडौं , २३ पुष । नेपाल कम्युनिष्ट पार्टीले धादिङका तत्कालीन सेक्रेटरी बुद्ध गुरुङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निश्कासन गरेको छ । पक्राउ परेका गुरुङले अात्मसमर्पण गरेर छुटेको भन्दै ने.क.पा.ले कारबाही गरेको हो । ने.क.पा. उपत्यका बिशेष ब्युरो ईन्चार्ज मिलनले विज्ञप्ति निकालेर गुरुङलाई कारवाही गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,’उपत्यका बिशेष ब्युरोका पूर्व ब्युरो सदस्य तथा धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ समाजिक फासीवादी दलाल सरकारको गिरफ्तारीमा परि जेलमा रहेको अवस्थामा पार्टीको नीति विपरित गई दुश्मनहरुसँग कायरतापूर्ण अात्मसमर्पण गरि जेलबाट छुटेकाले निजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निश्काशन गरिएको ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु