बुद्धिमान मानिसका खराब आनीबानी !

२०७४ चैत्र २१ गते, बुधबार

काठमाडौँ, २१ चैत । दिमाग त सबै मानिसको हुन्छ । तर बुद्धि चाहीँ सबैको बराबर कहाँ हुन्छ र ? कतिपय निकै बुद्धिमान, कोही मध्यम त कोही मन्द बुद्धिवाला । बुद्धिमान मानिसले आफ्नो अगाडि आउने धेरै समस्याको समाधान आफै खोज्न सक्छन् सबै क्षेत्रमा प्रगति गर्न सक्छन् । तर यस्ता बुद्धिमान मनिसका पनि केही खराब आनीबानी चाहीँ हुन्छन् नै । बुद्धिमान मानिसमा हुने भनिएका तिनखाले खराब बानी व्यहेरा यी हुन्–
१. कुरैपिच्छे कसम खाने ः कुरैपिच्छे कसम खाने मान्छेसँग सँगत गर्नुपर्दा साँच्चीकै दिक्क लाग्छ । किनकि यस्ता मानिस झनै भरोसायोग्य हुँदैनन् । यस्ता मानिसहरू आफ्नो गल्ती तथा नियत ढाकछोप गर्नका लागि कसमको सहारा लिइरहेका पनि हुनसक्छन् । तर एक अध्ययन अनुसार कसम खाइरहने यस्ता व्यक्तिहरू दिमागी रूपमा चाहीँ तेज हुन्छन् । यिनीहरूको रवैया अन्य सामान्य मानिसभन्दा फरक हुन्छ र प्रष्टै पहिचान गर्न सकिन्छ ।
२. रातमा कम निदाउने ः बुद्धिमान मानिसहरू मन्द बुद्धिका मानिसको तुलनामा कममात्र सुत्दछन् । रातमा अबेरमात्र सुत्दछन् । बुढापाकाको भनाई अनुसार रातमा छिटो सुत्ने र बिहान सबेरै उठ्ने मानिस बुद्धिमान हुनुपर्नेहो । तर वैज्ञानिक रूपमा चाहीँ यसको उल्टो छ । एक अध्ययन अनुसर जो मानिसको आइक्यू ७५ को आसपास छ उनीहरू रातमा ११ बजे अगावै सुत्दछन् भने जसको आइक्यू १२५ भन्दा बढि छ उनीहरू रातको १ बजेपछि मात्र सुत्दछन् ।
३. भद्रगोल बसाई ः इन्टेलिजेन्ट अर्थात् बुद्धिमान मानिसहरूको एक अर्को खराब बानी हुन्छ की बस्ने कोठा भद्रगोल बनाउनु । जब तपाइँ त्यस्ता मानिसहरूको कोठामा जानुहुन्छ तब उनीहरूको कोठा तपाइँलाई कहिल्यैपनि सुव्यवस्थित तथा सफाचट लाग्दैन । सामानहरू छरिएका हुन्छन् । बुद्धिमान मानिसहरू आफ्ना सामानहरू मिलाएर राख्दै जान्दैनन् । शोधकर्ताहरूका अनुसार आफ्नो आसपास हुने छरिएका सामानहरूकै माध्यमबाट उनीहरूलार्ई केही फरक ढंगले सोँच्ने क्षमता पैदा भएको हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु