बिहारसँग जोडिएका सीमा नाका बन्द

२०७६ बैशाख २७ गते, शुक्रबार

काठमाडौं, २७ बैशाख । बिहारमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमा जोडिएका नाका तीन दिन बन्द हुने भएको छ । छैठौं चरणको निर्वाचनलाई लक्षित गर्दै आजदेखि आइतबारसम्म नाका बन्द गरिने भएको हो । सीमा नाका बन्द हुँदा मुलुकको प्रमुख वीरगन्ज भन्सार नाकासमेत तीन दिन बन्द हुने भएको छ । दुवै पक्षको सहमति र समन्वयमा निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गरिने भएको हो । नेपालतर्फको निर्वाचनका समयमा पनि सुरक्षालाई मध्यनजर गर्दै दुई देशको सीमा नाका बन्द गर्ने चलन छ । बिहारको उत्तरमा नेपालका विभिन्न जिल्ला, पूर्वमा भारतकै पश्चिम बंगाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्य पर्छन् । अत्यावश्यक सेवा, र एम्बुलेन्सबाहेक अन्य सवारी वा नागरिकलाई आवतजावतमा रोक लगाइएको छ ।

प्रतिक्रियाहरु