बिहान सबेरै ब्युँझनेहरु धोकेबाज

२०७१ श्रावण ३ गते, शनिबार

काठमाडौं । अमेरिकी विज्ञहरुले गरेको अध्ययनका क्रममा बिहान छिटो उठ्ने मानिसहरुले आफ्नो पार्टनरलाई धोका दिने सम्भावना बढि हुने दाबी गरेका छन् । मनोविज्ञहरुले मानिसहरुबीचको नैतिक निर्णय तथा निदाउन चाहने समयबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।उल्लु र भारद्वाजको नैतिकता शीर्षको उक्त अध्ययनमा शोधकर्ताले विहानै उठ्ने भारद्वाज चरा रुपी महिला-पुरुष तथा रात छिप्पिएपछि मात्र सक्रिय हुने उल्लु चरा रुपी मानिस जो बिहान ढिलो उठ्छन् र रातमा पनि ढिलै सुत्छन् त्यस्तामा फरक तहको इमान्दारिता हुने बताएका छन् ।
मनोविज्ञहरुका अनुसार मानिस त्यसबेला सबैभन्दा इमान्दार हुन्छ जब ऊ सबैभन्दा बढि उर्जाशील हुन्छ, त्यसैले रातमा उल्लु सबैभन्दा बढि इमान्दार हुन्छ ।शोधका अनुसार मानिसको शरीरको जैविक घडी दुइ समयमा आबद्ध भएको हुन्छ । त्यसैले बढि नैतिक भनिने मानिसहरुमा बिहान अबेर मात्र उठ्ने बानी परेको हुन्छ ।
शोधकर्ताहरुका अनुसार विहान सबेरै उठ्ने मानिसमा विहानका केही घण्टा उर्जा बढि हुने भएपनि दिन बित्दै जाँदा उनीहरुमा इमान्दारिताको तह घट्दै जान्छ । दिन ढल्किँदै जाँदा उनीहरुमा धोकाधडी तथा झुट वचन बोल्ने सम्भावना समेत चुलिँदै जान्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु