बिस्केट जात्राका लागि लिङ्गो ठड्याइयो

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौँ, ५ चैत । यस बर्षको बिस्केट जात्राका लागि लिङ्गो ठड्याइएको छ । टोखामा एक महिनासम्म जारी रहने बिस्केट जात्राका लागि लिङ्गो आज ठड्याइएको हो । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन विधिपूर्वक लिङ्गो उठाएपछि परम्परादेखि चल्दै आएको बिस्केट जात्रा सुरु भएको मानिन्छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जबाट ल्याइएको करिब ६० फिट अग्लो लिङ्गोलाई मूल नाइकेले पूजा गरी स्थानीयवासीको रोहवरमा उठाइएको थियो । एक महिनाको अवधिमा प्राचीन तथा आधुनिक बिस्केट जात्रा हुने प्रचलन रहेको स्थानीय इन्द्रायणि दाता खलःका पूर्व अध्यक्ष मनिराज डङ्गोलले जानकारी दिनुभयो ।
प्राचीन बिस्केटअन्तर्गत स्थानीय माथिल्लो लाँछी (चोक)को उत्तरबाट स्थानीय गणेश देवता तथा दक्षिणबाट हारती मातालाई रथारोहण गरी सोही चोकमा ल्याएर भेट गराइन्छ ।
आधुनिक बिस्केट जात्रामा सपनतीर्थ मेला लाग्ने त्यसमा काठमाडौँ उपत्यकालगायत स्थानबाट भक्तजन आउने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार